अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन गरिने
आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ«ेलगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ।
फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएको अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। ‘कोरोना संकटका कारण केबलकार निर्माणमा ढिला भएको थियो। पहिलो लकडाउन हटेलगतै जापानी प्राविधिक टोली आएर लठ्ठो टाँग्ने र डब्बा राख्ने काम सकेपछि केबलकार सञ्चालनको तयारीमा थियो। कोरोनाको दोस्रो लहरका कारण सञ्चालन पछि सरेको हो,’ प्रालिका निर्देशक त्रिपाठीले भने।
कोरोना संक्रमण नियन्त्रणमा आएलगतै जापानी प्राविधिक टोली पोखरा आउनेछन्। केबलकार व्यावसायीक रूपमा सञ्चालनअघि पूर्ण परीक्षण सुरु गरेर दसैं र तिहारको बीचमा सञ्चालन गरिने उनले बताए। केबवलकारमा सराङ्कोटसम्मको शुल्क पनि निर्धारण भइसकेको छ।
नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेछ। यसैगरी एसियन पर्यटकलाई प्रतिव्यक्ति ७ सय र अन्य मुलुलकका पर्यटकलाई ८ सय लाग्ने गरी टिकट शुल्क तय भएको त्रिपाठीले जानकारी दिए। विद्यार्थी र वृद्धवृद्धालाई २० देखि २५ प्रतिशतसम्म छुट दिइने पनि निर्देशक त्रिपाठीले बताए। पोखरा महानगरपालिकाको राजस्व निर्धारण समितिसहितको टोलीले शुल्क निर्धारण गरेको हो।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण