काँग्रेस नेतात्रयले बोलाए केन्द्रीय सदस्यको भेला
नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । पूर्वमहामन्त्री सिंहको निवासमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।
छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने उनीहरुको तयारी छ ।
त्यसपछि सभापतिका प्रयासी नेताहरुसँग छलफल गर्ने उनीहरुको रणनीति छ । महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन समेत नेताहरु एकमत देखिएका छन् । क्रियाशील सदस्यको विवाद पनि विधि प्रक्रिया अनुरुप समय सीमाभित्र नै सम्पन्न गराउने कुरामा समेत एकमत रहेको सिंहले बताए ।
तीन नेताको भेटघाटले देशभरका कार्यकर्ता माझ देखिएको उत्साहलाई ध्यान दिँदै आफूहरु अगाडि बढ्ने सिंहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण