मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेतात्रयले बोलाए केन्द्रीय सदस्यको भेला

मङ्गलबार, १५ असार २०७८, १६ : ५३
मङ्गलबार, १५ असार २०७८

नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् ।  पूर्वमहामन्त्री सिंहको निवासमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने उनीहरुको तयारी छ ।

त्यसपछि सभापतिका प्रयासी नेताहरुसँग छलफल गर्ने उनीहरुको रणनीति छ ।  महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन समेत नेताहरु एकमत देखिएका छन् । क्रियाशील सदस्यको विवाद पनि विधि प्रक्रिया अनुरुप समय सीमाभित्र नै सम्पन्न गराउने कुरामा समेत एकमत रहेको सिंहले बताए ।

तीन नेताको भेटघाटले देशभरका कार्यकर्ता माझ देखिएको उत्साहलाई  ध्यान दिँदै आफूहरु अगाडि बढ्ने सिंहको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप