‘प्रतिनिधिसभा पुनस्र्थापना नभए ठूलो संकट आउन सक्छ’
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना नभएमा मुलुक बहुआयमिक संकटतर्फ धेकेलिने भएकाले त्यस्तो संकट आउन नदिन पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि देशव्यापी रूपमा जनमत सिर्जना गर्नुपर्ने आवश्यकता आंैल्याए ।
सभामुख सापकोटाले मंगलबार संघीय संसद् भवनमा राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग छलफल गर्दै संसद् लोकतन्त्रको आत्म भएकाले यसलाई असमयमा नै विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । संविधान माथि एकपछि अर्को बलमिच्याइँ भएको बताउँदै सभामुख सापकोटाले संविधान र संसद्को रक्षाका लागि आफू अन्तिम समयसम्म पनि लडिरहने प्रतिबद्धता जनाए । उनले संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपरहणमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
सभामुख सापकोटाले आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष र तटस्थ हुने भए पनि लोकतन्त्र र संविधानको रक्षाका खातिर आफू लडिरहने हुँदा कतिपयलाई आफ्नो भूमिका मन नपर्न सक्ने बताए । प्रतिनिधि सभाको पटकपटक अवमूल्यन गर्नेहरू लोकतन्त्रवादी हुन नसक्ने स्पष्ट पार्दै सभामुख सापकोटाले भने, ‘संसद् लोकतन्त्रको आत्मा हो, संसद् र संविधानको रक्षा गर्न नसक्नेहरूले लोकतन्त्रको पनि रक्षा गर्न सक्दैनन् ।’ यो समाचार राजधानी दैनिकमा छ ।
सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीसँग सहकार्य सहअस्तित्व र समन्वयमा रहेर काम गर्न खोज्दाखोज्दै पनि प्रधानमन्त्री आफंैले त्यस्तो वातावरणको अन्त गरेको स्पष्ट पारे । सभामु्ख सापकोटाले पहिलोपटक प्रतिनिधि सभा पुनस्र्थापना भएपछि पूर्ण फैसला नआउँदै पुनः दोस्रोपटक प्रतिनिधि सभा विघठन गर्नु अदालतको अवहेलना र कानुनको ठाडो उल्लंघन भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण