कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ ।
देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ । तर, सो समितिले छानबिनको मापदण्ड नपाउँदा सदस्यतासम्बन्धी छानबिन र विवादमा तदारुकताका साथ काम गर्न सकेको छैन ।सदस्यता छानबिनसम्बन्धी विषयमा कांग्रेसभित्र विवाद रहँदै आएको छ । सदस्यताको विषय लिएर कांग्रेसभित्रका संस्थापन पक्ष र संस्थापन इतर पक्षले आआफ्नो अडान लिँदै आइरहेका छन् ।
संस्थापन पक्षले सदस्यताको विषयलाई सहमतिबाटै टुंग्याउने प्रयत्न गरिरहेको छ भने इतर पक्षले जथाभावी रूपमा सदस्यता बाँडिएको भन्दै कडा छानबिनको माग गर्दै आइरहेको छ । इतर पक्षका हरेकजसो नेताहरूको बैठकमा यो विषय उठ्दै आइरहेको छ ।
सदस्यता छानबिन समितिका सदस्य नेता जीवन परियारले मापदण्ड नबन्दा छानबिनमा समस्या देखिएको बताए । ‘अहिलेसम्म मापदण्ड बनेको छैन, एक दुई दिनभित्र टुंगो लगाउने आश्वासन शीर्ष तहबाट आएको छ, त्यसपछि हामी काम टुंग्याउँछौं,’ समितिका सदस्य रहेका नेता परियारले राजधानीसँग भने ।
कांग्रेसमा विजयकुमार गच्छदार नेतृत्वको लोकतन्त्रिक फोरम, राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा नेतृत्वको समूह र अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई पार्टीमा समायोजन गर्न र उनीहरूलाई दिएको क्रियाशील सदस्यताको विषयमा धेरै विवाद देखिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण