दरबार हत्याकाण्डताका जसले प्रधानमन्त्रीलाई जोगाए...
आउने मान्छे आफ्नै बाटोबाट आउने, जाने पनि आफ्नै बाटो लाग्ने सामान्यतया फौजको चलन यस्तै छ । तर, यसचोटि नेपाली सेनामा यो चलन तोडेर आउने र जाने टोलीबीच अलग–अलग तयारी, अभ्यास र दौडधुप चलिरहेको छ ।
जाने जम्मा एक जना प्रधानसेनापति हुन् र आउने पनि एकजना त्यही दर्जाका कमाण्डर । आगामी प्रधानसेनापति मानिने प्रभुराम शर्माको सैनिक सचिव हुने गरी धादिङको बैरेनीस्थित ६ नम्बर बाहिनीबाट सुनिल श्रेष्ठ जंगी अड्डा तानिएका छन् भने सैनिक सहायकका रुपमा २ बाहिनीपति धनकुटाबाट आएका चोकबहादुर ढकालले बाँकी व्यवस्थापन गर्दैछन् ।
यी दुबै २८ बेसिकका अफिसर हुन् । सुनिल, दरबार हत्याकाण्डपछि छाउनीबाट राजारानीको शव आर्यघाट लैजाँदा स्वयम्भू भगवान पाउछेउ भीडको ढुंगामुढाबाट हेल्मेट लगाइदिई हवाई फायर गरेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जोगाउने एडिसी हुन् ।
त्यतिबेला आक्रोशित युवाहरूले प्रधानमन्त्रीको गाडी तोडफोड गरेका थिए । त्रिशूली र बुटवलमा सैनिकलाई तालिम गराउने प्रमुख सेनानी सुनिल सुवेदीलाई पनि भावी सेनापतिको कोर टिममा ल्याइएको छ । हाल सैनिक प्रवक्ताको जिम्मेवारीमा रहेका सन्तोषबल्लभ पौडेल पनि प्रभुरामको टिमभित्रै रहनेछन् । २६ बेसिकका बाबुराम श्रेष्ठ, सुरेश बानियाँहरुलाई कहाँ राख्ने टुंगो छैन । दिवंगत लेफ्टिनेन्ट जर्नेल् कुलबहादुर खड्काका साँढुभाइ सुरेशचाहिँ नेशनल डिफेन्स कोर्ष गरेर पनि बढुवाबाट वञ्चित हुँदै आएका पीडित हुन् ।
अहिलेका सैनिक सचिव पदमबहादुर सिंहले अवकाश पाउन लागेका छन् । ३ बाहिनी विजयपुर, पोखराबाट कुमारबाबु थापालाई सैनिक संगठनमा तानिएको छ भने त्यहाँ हालका सैनिक सहायक प्रेम पुन जाँदै छन् । गोर्खाली कुमारबाबु बेलायतबाट केही समयअघि फर्किएका थिए ।
सेनाभित्र अहिले जानेहरुले आउनेलाई बरबुझारथको धमाधम छ । भित्री समूहमा काम गर्नेहरुलाई पुरानो समूहका अधिकृतले पत्रहरु लेख्ने तरिकादेखि सेनाको बढी सरोकार रहने परराष्ट्र, रक्षा र अर्थ मन्त्रालयतिर समन्वय गर्ने शैलीबारे सिकाउने काम भइरहेको छ । यो समाचार जनआस्था साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण