क्रियाशील सदस्यताबारे काँग्रेसमा रस्साकस्सी
काठमाडौँ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । महाधिवेशनका प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता विवाद चुलिएपछि बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
विशेषतः काँग्रेसमा नवप्रवेशीलाई क्रियाशील सदस्यता प्रदान गर्ने विधिलाई लिएर विवाद छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तरपार्टी समायोजन समितिले गरेको निर्णयअनुसार काँग्रेस प्रवेश गरेका सबैले क्रियाशील सदस्यको मान्यता पाउनुपर्ने सभापति शेरबहादुर देउवा पक्षको अडान छ।
संस्थापन इतर पक्षले भने सबैका लागि पार्टीले बनाएको मापदण्डअनुसार नै उनीहरूलाई पनि सदस्य प्रदान गर्नुपर्नेमा जोड दिएको छ । १३ औँ महाधिवेशनपछि आएका अधिकांश नेता कार्यकर्ता संस्थापन पक्षमा खुलेपछि पौडेल पक्षले समायोजन समितिमा भएको सहमति नमान्ने बताएको छ ।
समायोजन समितिमा देउवा र पौडेल पक्षका सदस्यबीच नयाँ प्रवेशीका लागि छुट्टै प्रबन्ध मिलाउने सहमति भएको थियो । यस्तै शतप्रतिशत भन्दा बढी सूचीकृत भएका स्थानका क्रियाशील सदस्य कुन आधारमा समावेश गर्ने भन्ने मापदण्ड तय हुन सकेको छैन।
चार तहबाट प्रमाणित नभई सूचीकृत भएका क्रियाशील सदस्यको सन्दर्भमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि क्रियाशील सदस्यता छानबिन समिति अन्योलमा छ।
यी विषयको समाधानका लागि मापदण्ड तय गर्न नेता कृष्णप्रसाद सिटौला र छानबिन समितिका संयोजक रमेश लेखकबीच बुधवार छलफल भएको छ। यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो अडानबाट पछि नहट्ने निष्कर्ष निकालेको छ ।
बुधबार दिउँसो महामन्त्री शशाङ्क कोइरालाको निवासमा बसेको पौडेल पक्षीय बैठकले क्रियाशील सदस्यताबारे मापदण्ड बनाउँदा सबैका लागि समान खालको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण