बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘द विग पिक्चर’ शो मार्फत टिभीमा डेब्यु गर्दै रणवीर सिंह

आइतबार, २० असार २०७८, १३ : ३२
आइतबार, २० असार २०७८

रणवीर सिंह फिल्ममा फरक लुक्स र अभिनयका कारण अक्सर चर्चामा रहने अभिनेता हुन् । बलिउडमा छोटो समयमा राम्रो पहिचान बनाउन सफल उनी अब टिभीमा डेब्यु गर्ने भएका छन् । उनी कलर्स च्यानल मार्फत टिभीमा डेब्यु गर्न लागेका हुन् ।

कलर्सले एक नयाँ क्विज शो लिएर आउने तयारी गरेको छ । जसको नाम ‘द बिग पिक्चर’ है । शोको होस्ट रणवीरले गर्ने छन् । कलर्सको अलवा यो शो वुट र जियो जस्ता ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ ।

एक कलाकारको रुपमा मेरो यात्रामा नयाँ प्रयोग गर्ने क्रम निरन्तर चलिरहेको छ । भारतीय फिल्मले निर्विवाद रुपमा मलाई सबथोक दिएको छ’ शोको विषयमा उनले भने– ‘यो मेरो लागि एक अभिनेताको रुपमा आफ्नो कौसल प्रदर्शन गर्ने मञ्च हो । मलाई भारतीयको धेरै प्रेम रहेको छ ।’ उनले कलर्सको माध्यमबाट टिभी डेब्यु गर्न लागेको बताउँदै टिभीको माध्यमबाट सबैसँग जोडिएर रहने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप