‘द विग पिक्चर’ शो मार्फत टिभीमा डेब्यु गर्दै रणवीर सिंह
रणवीर सिंह फिल्ममा फरक लुक्स र अभिनयका कारण अक्सर चर्चामा रहने अभिनेता हुन् । बलिउडमा छोटो समयमा राम्रो पहिचान बनाउन सफल उनी अब टिभीमा डेब्यु गर्ने भएका छन् । उनी कलर्स च्यानल मार्फत टिभीमा डेब्यु गर्न लागेका हुन् ।
कलर्सले एक नयाँ क्विज शो लिएर आउने तयारी गरेको छ । जसको नाम ‘द बिग पिक्चर’ है । शोको होस्ट रणवीरले गर्ने छन् । कलर्सको अलवा यो शो वुट र जियो जस्ता ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ ।
एक कलाकारको रुपमा मेरो यात्रामा नयाँ प्रयोग गर्ने क्रम निरन्तर चलिरहेको छ । भारतीय फिल्मले निर्विवाद रुपमा मलाई सबथोक दिएको छ’ शोको विषयमा उनले भने– ‘यो मेरो लागि एक अभिनेताको रुपमा आफ्नो कौसल प्रदर्शन गर्ने मञ्च हो । मलाई भारतीयको धेरै प्रेम रहेको छ ।’ उनले कलर्सको माध्यमबाट टिभी डेब्यु गर्न लागेको बताउँदै टिभीको माध्यमबाट सबैसँग जोडिएर रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण