विद्यार्थीलाई भिसामा कडाई गर्ने निर्णयबारे पुनर्विचार गर्न बेइजिङको अमेरिकालाई आग्रह
चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
अमेरिकामा पढ्न चाहने ५०० भन्दा बढी चिनियाँ विद्यार्थीहरूले अमेरिकास्थित चिनियाँ दूतावासलाई पत्राचार गर्दै हालै भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको बताएका चिनियाँ अधिकारीले दावी गरेका छन् ।
यसैबीच चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले विद्यार्थीको गुनासोबारे भने, “अमेरिकी भिसा प्रतिबन्धात्मक उपायहरू अमेरिकाको ’चिनियाँ विद्यार्थीहरुलाई स्वागत’ भन्ने भनाइसँग विरोधाभाषपूर्ण छ ।”
उनले थपे, “यसले अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पु¥याउँछ र दुइ देशबीचको सामान्य सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोगलाई गम्भीर रूपमा कमजोर पार्छ ।”
तत्कालिन ट्रम्प प्रशासनले लिएको कदमबारे अमेरिकी राष्ट्रपति बाइडेनले पुर्नविचार गर्नुहुने विश्वास उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण