आँखीभौँ छेड्दा बेलुनजस्तै फुल्यो किशोरीको अनुहार, एक हप्ताभित्रै मृत्यु
आफ्नै घरमा आँखीभौँ छेडेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ ।
१५ वर्षे इसाबेला इड्वार्डा सुसाले घातक संक्रमणको सामना गर्नुपर्यो जसका कारण उनको अनुहार बेलुन झैं सुन्नियो भने उनका आँखा यति धेरै सुन्निए कि ती सधैंका लागि बन्द हुन बाध्य भए ।
उनले ब्राजिलको मिनास गेराइ प्रान्तस्थित आफ्नो घरमा एक साथीको सहायताले आँखीभौँ छेडेकी थिइन् ।
ती किशोरीले आँखाीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति लिएकी थिइन् तर यसका लागि कसैले पनि अनुमति भने दिएका थिएनन् ।
आँखीभौँ छेडेको तीन दिनपछि इसाबेलामा निकै डरलाग्दा लक्षण देखिन थाले ।
उनको आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृदयघात भयो ।
उनको शरीरले बाहिरको वस्तुलाई स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्कियो ।
त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटरमा राखियो ।
तर उनलाई बचाउन सकिएन । घटनाले उनको परिवारलाई विक्षिप्त बनायो ।
उनको मृत्युपछि उनकी काकी जुर्सिनी डि सुसाले भनिन्, ‘यो एउटी काकीको अनुनय बिन्ति हो जसले हालै एक अति नै सुन्दर र विशेष छोरी गुमाएकी छिन् ।’
‘आफ्ना आमाबुवाले भनेको मान्नुहोस्, काका–काकीले भनेको पनि सुन्नहोस् र आफ्ना हजुरबुवा–आमाको कुरालाई खेर जान नदिनुहोस् ।’
डाक्टरका अनुसार इसाबेला बाँचेकी भए पनि उनको दृष्टि गुम्न सक्दथ्यो जहाँ उनले छेडेकी थिइन् ।
स्वास्थ्य अधिकारीले यस्ता जति पनि कुराहरु लाइसेन्स प्राप्त क्लिनिक वा विज्ञमार्फत् नै गराउनुपर्ने सल्लाह दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण