चिडियाखानाबाट हराएको १२ फुटको अजिङ्गर दुई दिनपछि सपिङ सेन्टरमा भेटियो
बुधबार, ३० असार २०७८, १५ : ५८
चिडियाखानास्थित आफ्नो अक्वेरियमबाट हराएको दुई दिनपछि १२ फुटको अजिङ्गरलाई सपिङ सेन्टरमा भेटिएको छ ।
डेली स्टारका अनुसार कारा नामको १२ फुट लामो अजिङ्गर अमेरिकाको लुसियाना राज्यस्थित ब्लू जू अक्वेरियमबाट हराइरहेको थियो ।
अजिङ्गर चिडियाखानाबाट हराएपछि नजिकै रहेको सपिङ सेन्टर बाध्यात्मक रुपमा बन्द गरिएको थियो । दुई दिनसम्म खोजेपछि उक्त अजिङ्गरलाई गत बिहिबार बिहान सपिङ सेन्टरमा भेटिएको हो ।
चिडियाखानाले कारालाई उद्धार गरिरहेको भिडियो पोस्ट गर्दै यसबारे फेसबुकमार्फत् जानकारी दिएको हो । उक्त पोस्टमा अजिङ्गर सुरक्षित र स्वस्थ अवस्थामा भेटिएको बताइएको छ ।
‘यो बर्मिज पाइथन निकै सहज सर्प हो । यी सर्प ठूला प्रजातिका सर्पमा पर्छन् र उनीहरुको निकै कोमल मन हुन्छ,’ चिडियाखानाकी कर्मचारी भिक्टोरियाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण