यो अनौठो काउलीको बारेमा वैज्ञानिकले पत्ता लगाए यस्ता तथ्य
पिरामिड जस्तो देखिने संसारकै विचित्रको काउलीमाथि वैज्ञानिकले अनुसन्धान गरेका छन् । यो काउलीको आकार यस्तो देखिनुमा थुप्रै कारण भएको वैज्ञानिकले बताएका छन् । स्थानीय भाषामा यो काउलीलाई ‘रोमनेस्को काउलीफ्लावर’ र ‘रोमनेस्को ब्रोकाउली’ भनिन्छ । यो सेलेक्टिभ ब्रीडीङको उत्तम उदाहरण हो । यसको बनावटमाथि फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका वैज्ञानिकहरुले अध्ययन गरेका छन् ।

अनुसन्धानकर्ता फ्रान्स्वा पार्सीले भनेका छन्, ‘यो गोभीको बनावट विचित्र हुनुको कारण यसको फूल हो । यो काउलीको फूल दानेदार हुन्छ । जुन फूलमा परिवर्तन हुन खोज्छ तर यस्तो हुन सक्दैन । यसको तलको हिस्सा डाँठमा परिणत हुन्छ । र माथिको हिस्सा कोपिला बनेर नै रहन्छ । यस्तो प्रक्रिया धेरै हुँदा एउटा कोपिलामाथि अर्को कोपिला थपिँदै जाँदा यसको आकार पिरामिड जस्तो बन्न जान्छ ।

रोमनेस्को काउलीमा भिटामिन सी, फाइबर, क्यारोटिनायड्स जस्ता भिटामिन युक्त पदार्थ पाइन्छ । यसलाई तरकारी र सलादको रुपमा प्रयोग गर्ने गरिन्छ ।

युरोपेली देशहरु र अमेरिकी देशहरुमा यसको खेती हुन्छ । अमेरिकामा यसको मूल्य २ हजारदेखि २२०० रुपियाँ (भारतीय रुपियाँ) हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण