तालको देश : जहाँ मुसा पाल्न सरकारको अनुमति चाहिन्छ, मार्न र बेच्न प्रतिबन्ध छ
क्यानडा विश्वको उच्च विकसित देशमा पर्छ । उत्तर अमेरिकास्थित यो देश क्षेत्रफलका हिसाबले रुसपछि विश्वको दोस्रो ठूलो देश हो । अमेरिकासँग यो देशको आठ हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ ।
क्यानडाको ४० प्रतिशत भाग जंगल छ । क्यानडालाई तालको देश पनि भनिन्छ । किनकी, यहाँ धेरै तालहरू छन् । भनिन्छ, विश्वको २० प्रतिशत पानी क्यानडाको तालमै छ । यी तालहरूको पानी मिनरल वाटरभन्दा पनि सफा रहेको मानिन्छ ।
क्यानडाका रोचक पक्षबारे हामी यहाँ चर्चा गर्दैछौं । सबैभन्दा रोचक कुरा, यहाँ मुसा पाल्नु निकै मुस्किलको काम हो । यसका लागि तपाईले सरकारसँग अनुमति लिनुपर्छ । क्यानडामा जिउँदो मुसालाई मार्नु वा बेच्नु पनि गैरकानुनी हो ।
क्यानडा निकै चिसो छ । यहाँ चिसोका कारण समुद्रमा समेत पानी जम्छ । भनिन्छ, मानिसहरु त्यसरी जमेको पानीमाथि आइस हक्की समेत खेल्छन् ।
क्यानडामा ७ हजार ८ सय २१ किलोमिटर लामो ट्रान्स–क्यानेडा हाइवे छ । यसलाई विश्वकै लामो राजमार्गमध्ये एक मानिन्छ । खासमा, ट्रान्स–क्यानेडा हाईवे एक अन्तर महाद्धिपिय संघीय–प्रान्तीय राजमार्ग प्रणाली हो । यो एटलान्टिक महासागरदेखि प्रशान्त महासागरसम्म क्यानडाका सबै दश प्रान्त भएर गुज्रन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण