रहस्यमयी गाउँ : मानिसदेखि जनावरसम्म सबै दृष्टिविहीन, यस्तो छ कारण
तपाई दुनियाँ धेरै रहस्यमय कुराहरूबारे सुन्नु भएको हो । दुनियाँमा यस्तै एउटा गाउँ पनि छ, जहाँ सबै दृष्टिविहीन छन् । तपाईलाई यकिन नलाग्ला, तर यो साँचो हो । यो गाउँ मेक्सिकोस्थित टिल्टेपक हो । यसलाई ‘दृष्टीविहिनको गाउँ’ भनिन्छ । यहाँ जनावरदेखि मानिससम्म कसैले पनि आँखा देख्दैनन् ।
यस गाउँमा जेपोटेक समुदायका जनजातिहरू बस्छन् । बच्चाहरु जन्मदा ठीकठाक नै हुन्छन् । तर, जन्मिएको केही दिनमै उनीहरुको दृष्टी गुम्छ । गाउँबासीहरु यहाँको एक रुखका कारण सबैको आँखाको दृष्टी गुमेको ठान्छन् । उनीहरुका अनुसार यहाँ लावजुयला नामक एक रहस्यमयी रुख छ, जसलाई देख्नासाथ मानिस र पशुपंक्षी सबैको दृष्टी गुम्छ ।
यद्यपी, वैज्ञानिकहरु यस तर्कमा सहमत छैनन् । उनीहरुका अनुसार यहाँ एक खतरनाक विषालु किरा छ, जसकारण यस्तो अवस्था निम्तन्छ । उनीहरुका अनुसार यो किराले टोकेपछि मानिसहरुको आँखाको दृष्टी गुम्छ । गाउँका सबै मानिस झुपडीमा बस्छन् । यस गाउँमा झन्डै ७० झुपडी छन्, जसमा झन्डै ३ सयको जनसंख्या बस्छ । सबै दृष्टिविहिन छन् । कुनै पनि झुपडीमा झ्याल पनि छैन ।
रिपोर्टका अनुसार गाउँमा कोही न कोहीको दृष्टि ठिक हुनुपर्छ, जसको सहारामा बाँकी सबै मानिसहरु बाँच्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण