किमको टाउकोमा देखियो यस्तो दाग
उत्तर कोरियाले आफ्नो देशभित्रका धेरै कुराहरु गोप्य राख्छ । यहाँका सर्वोच्च नेता किम जोङ उन आफैंमा रहस्यमयी छन् । त्यहीकारण, उनको स्वास्थलाई लिएर पनि अनेक अड्कल भइरहन्छ । केही दिनअघि सार्वजनिक भएको तस्विरमा किम निकै कमजोर देखिएका थिए र उनको वजन कमजोर भएको दाबी समाचारहरुमा गरियो । उनका पछिल्ला तस्बिरहरु फेरि चर्चामा छन् ।
एनके न्युजले किमका नयाँ तस्बिरहरु सार्वजनिक गरेको छ । जहाँ, किमको टाउकोमा एउटा दाग देखिएको छ । यो दाग के हो ? र, कसरी यस्तो भयो भन्ने खुलेको छैन । केही तस्बिरहरुमा यो दागलाई ब्यान्डेजले ढाकिएको देख्न सकिन्छ ।
यो निशान चोटको हो या अन्य केही हो, तस्बिरबाटै पुष्टि गर्न सकिने अवस्था छैन । रिपोर्टअनुसार २४ देखि २७ जुलाईसम्म आयोजित एक सैनिक इभेन्टका दौरान यो फोटो लिइएको हो । आमरुपमा किमको स्वास्थबारे उत्तर कोरियामा कुनै चर्चा हुँदैन र यससँग जोडिएका जानकारी पनि गोप्य रहन्छन् । तर अहिले उनको वजनलाई लिएर पनि चिन्ता गर्न थालिएको छ ।
कोरियन पिपुल्स आर्मीका कमाण्डर र पुलिस अफिसरको वर्कशपमा किम पनि देखिएका थिए, जहाँ उनी पहिलेको दाँजोमा निकै पातलो देखिन्थे । यही कारण उनी बिरामी भएको अनुमान कतिपय सञ्चारमाध्यमले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण