एउटा स्याउ बराबर तौल भएकी ‘विश्वकै सानो’ शिशु १३ महिनापछि घर फर्किइन्
जन्मिँदा विश्वकै सानो भनिएकी एक शिशु १३ महिना सिंगापुरको एक अस्पतालमा उपचारपछि घर फर्किएकी छन् । क्वेक यू सुवान जन्मिदा मात्र २१२ ग्राम, करिब एउटा स्याउको तौल बराबर, थिइन् । उनकी उचाइ मात्र २४ सेन्टिमिटर थियो । सामान्यतः ४० हप्तामा जन्मिनुपर्नेमा उनको जन्म मात्र २५ हप्तामा भएको थियो ।
टाइनिएस्ट बेबी रजिस्ट्रीअनुसार यसअघि सन् २०१८ मा अमेरिकामा २४५ ग्राम तौल भएकी शिशुको जन्म भएको थियो ।

आमालाई प्री–इक्लामप्सिया देखिएपछि यू सुवानलाई आपत्कालीन सी–सेक्सनबाट चार महिनाअघि नै जन्म दिइएको थियो । प्री–इक्लामप्सियामा उच्च रक्तचाप हुने गर्दछ जसले मानिसको महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुग्न सक्छ । यसले आमा र बच्चा दुवैलाई खतरा हुने देखिएपछि समयअगावै शिशुलाई जन्म दिने निर्णय गरिएको थियो ।
अहिले भने यू सुवान निकै स्वस्थ छिन् । उनको तौल पनि अहिले ६.३ किलो पुगेको छ । उनको उपचारका लागि विश्वभरबाट २ लाख ७० हजार डलर सहयोग प्राप्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण