इतिहासमा आज : १८ वर्ष अघि भएको थियो अनौठो विवाह, अन्तरिक्षमा दुलहा, पृथ्वीमा दुलही
तपाईंले डेस्टिनेसन वेडिङ, क्रुज वेडिङलगायत विभिन्न तरिकाले गरिने विवाहको बारेमा पक्कै सुन्नु भएको होला । तर, आजको दिन एक अनौठो विवाहको लागि सम्झिने गरिन्छ । सन् २००३ को अगस्त १० का दिन रुसका अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले इन्टरनेशनल स्पेस स्टेसनमा विवाह गरेका थिए । यस्तो गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् ।
सन् १९६२ अप्रिल १२ का दिन रुसका यूरी गागरिन अन्तरिक्षमा कदम राख्ने विश्वको पहिलो व्यक्ति बनेका थिए । गागरिनको यस उपलब्धिको वर्षगाँठमा सन् २००३ मा एक पार्टी राखिएको थियो । त्यहीँ नै अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले अन्तिम पटक आफ्नी प्रेमिका कटरिना दमित्रिएवलाई भटेका थिए । अप्रिल २००३ मा रुसको एक्सपीडिसन–७ मिसन लञ्च गरिएको थियो । यस मिसनमा एडवर्ड लूका साथ मालेन्चेङ्को अन्तरिक्षमा गए । यस पूरा मिसनको कमान्ड उनकै हातमा थियो ।
यो मिसन अगस्तको पहिलो हप्ता पुरा हुनुपर्ने थियो । मिसनबाट फर्कने बित्तिकै उनले विवाह गर्ने योजना बनाएका थिए । मिसनमा जान अघि विवाहको मिति १० अगस्तमा तय गरिएको थियो । तर, पछि उनको मिसनको समय अक्टुबरसम्म थप गरियो । विवाहको तयारी पहिले नै गरिसकिएको थियो । त्यसैले यूरी मालेन्चेङ्कोले अन्तरिक्षबाट नै आफ्नो प्रेमिकासँग विवाह गर्ने फैसला गरे ।
तर, यसमा कानुनी अड्चन थियो । रुसमा कानुनी रुपमा विवाह गर्नका लागि दुलहा–दुलही भौतिकरुपमा उपस्थित हुन जरुरी थियो । त्यसैले रुसमा उनीहरू विवाह गर्न सक्दैन थिए । तर, कटरिना लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आएकी थिइन् । टेक्सासमा भने विवाहका लागि दुलहा–दुलहीलाई एकै साथ उपस्थित हुन जरुरी थिएन ।
रुस र अमेरिकाका अन्तरिक्ष एजेन्सीले पनि विवाहमा आपत्ति जनाए । नासाले इन्टरनेसनल स्पेस स्टेसनको प्रयोग निजी कामको लागि प्रयोग गर्न नसकिने बतायो । तर यति बेलासम्म यो खबर मिडियामा फैलिसकेको थियो । यो विवाहलाई लिएर मानिसहरू निकै उत्साहित थिए । अन्ततः नासाले पनि यसका लागि सहमति दिन बाध्य भयो ।
त्यसपछि विवाहको तयारी सुरु भयो । भिडियो कलबाट विवाहको विधि पुरा गर्ने भनियो । मालेन्चेङ्को विवाहमा उपस्थित हुन नसक्ने भएपछि उनको शरीरको आकारको कटआउट बनाइयो । कटरिनाले यही कटआउटसँग सबै विधि पुरा गरिन् । २५ मिनेटसम्म भिडियो कल चलेको थियो । कटरिनाले सेतो रङ्गको सुन्दर गाउन लगाएकी थिइन् । यूरीले आफ्नो स्पेस सुटमाथि टाई लगाएका थिए ।
यसरी अन्तरिक्षमा विश्वको पहिलो र अन्तिम विवाह सम्पन्न भयो । अन्तिम यसकारण कि यसपछि अन्तरिक्ष एजेन्सीले इन्टरनेसनल स्पेस स्टेसनको प्रयोग विवाह वा निजी कामको लागि प्रयोग गर्नबाट रोक लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण