अर्घाखाँचीमा पहिरोमा परेर मजदुरको मृत्यु
शनिबार, ३० साउन २०७८, १४ : ३७
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ । पाणिनी–६, लामडाँडा निवासी ४३ वर्षीय मनबहादुर सुनारको पहिरोमा परेर मृत्यु भएको हो । निर्माणको काममा खटिएका सुनारको पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए ।
पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनारलाई माथिबाट एक्कासि आएको पहिरोले पुरेको थियो । घटना भएको २ घण्टापछि प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर पुरिएका सुनारको शव निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रले समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लेलान् ?
-
प्रचण्ड सरकारबाट उपेन्द्रले लिए समर्थन फिर्ता
-
सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या र अनुपात दुवै वृद्धि
-
सङ्घीयताका सवालमा प्रदेशसभा र दलहरू गम्भीर हुन जरुरी छ : पौडेल
-
सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै
-
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : बालेन शाह