मुख्यमन्त्री पौडेलको अध्यक्षमा मन्त्रिपरिषदको अन्तिम बैठक सम्पन्न, आजै राजीनामा दिने
बागमती प्रदेश मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद बैठकमा आफूले राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो नेतृत्वमा मन्त्रिपरिषदको यो नै अन्तिम बैठक रहेको जानकारी गराउँदै उनले बैठक लगत्तै प्रदेश प्रमुख कार्यालयमा गएर राजीनामा दिने जानकारी बैठकमा गराएको स्रोतले बतायो ।
नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले पनि मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने र सम्भवतः आजै एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त हुने रातोपाटीलाई बताए ।
यसअघि एमाले संसदीय दलको बैठकमा शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो । संसदीय दलको नेता परिवर्तन गरिएकोबारे बुधबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको प्रमुख सचेतक निरौलाले बताए ।
एमाले विभाजन भएसँगै बागमती प्रदेशमा माधवकुमार नेपाल पक्षका नेताहरुलाई एमालेभित्रै राख्नका लागि सरकारको नेतृत्व परिवर्तन गर्दै थामथुम पार्न खोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण