एक व्यक्तिको यौनाङ्ग अलग्गिएको थियो, डाक्टरले जोडेर बनाए रेकर्ड
बेलायतमा मानसिक रुपमा बिरामी व्यक्तिको एउटा जटिल घटना सार्वजनिक भएको छ । यी व्यक्तिले आत्महत्या गर्नका लागि आफ्नो यौनाङ्गमाथि हमला गरेर अलग्याएका थिए । यद्यपि, यी व्यक्तिको गम्भीर चोटको ६ हप्तापछि नै डाक्टरले यी व्यक्तिको यौनाङ्गलाई पूर्ण रुपमा निको पारेका छन् ।
यी व्यक्तिको घटना ब्रिटिश मेडिकल जर्नल केस रिपोर्टमा छापिएको छ । ३४ वर्षका यी व्यक्तिले भान्साको चक्कूले आफ्नो यौनाङ्गमा हमला गरेका थिए । जब प्रहरी यी व्यक्तिको घर पुगे तब उनी बेहोस भइसकेका थिए । उनको यौनाङ्गलाई बरफमा राखियो र उनलाई एम्बुलेन्समार्फत् अस्पताल लगियो ।
यी व्यक्ति स्तिजोफ्रेनिया नामको गम्भीर मानसिक रोगसँग जुधिरहेका छन् । उनको शरीरका विभिन्न हिस्सामा घाउका चोट देख्न सकिन्थ्यो । युनिभर्सिटी हस्पिटल बर्मिङ्घम एनएचएस फाउन्डेशन ट्रस्टका अनुसार शल्यक्रिया सफल बनाउनका लागि यौनाङ्गमा चोट लागेको १५ घण्टाभित्र रिप्लान्ट गर्न आवश्यक हुन्छ ।
यद्यपि, जब यी व्यक्तिलाई अस्पताल पुर्याइयो र उनलाई अपरेशन थिएटरमा लगेर शल्यक्रिया गराउँदा यी बिरामीको यौनाङ्ग अलग्गिएको २३ घण्टा बितिसकेको थियो । यस्तोमा डाक्टरका लागि यो शल्यक्रिया निकै चुनौतीपूर्ण थियो । यी व्यक्तिलाई क्याथेटरमार्फत् पिसाब गराइएको थियो ।
डाक्टरले यी व्यक्तिको यौनाङ्ग पुनः जोडिखिए र रक्तसञ्चारका लागि बिरामीको पाखुराको नसा प्रयोग गरिएको थियो । शल्यक्रियापछि उनलाई जनरल वार्डमा लगियो र उनलाई एन्टीबायोटिक्स दिइयो । यी व्यक्तिले दुई हप्ता जनरल वार्डमा बिताए ।
त्यसपछि उनलाई एक साइकियेट्रिक वार्डमा सारिएको थियो । शल्यक्रिया गरेको केही हप्तापछि नै बिरामीको यौनाङ्गमा सेन्सेसन हुन थालेको थियो र यो सामान्य हुन थालेको थियो । यो शल्यक्रियासँग जोडिएका डाक्टरका अनुसार अंग विच्छेद भएको केही घण्टा पछि यौनाङ्गको सफल शल्यक्रियाको यो पहिलो डकुमेन्टेड केस हो ।
यो शल्यक्रियापश्चात् बिरामीको यौनाङ्गलाई दैनिक एन्टिसेप्टिकमार्फत् सफा गरिन्थ्यो ताकि संक्रमणको जोखिमलाई कम गर्न सकियोस् । यो घटनासँग जोडिएका मानिसहरुलाई अब आशा छ कि अन्य स्वास्थ्यकर्मीले पनि यौनाङ्ग अलग भएको केही घण्टापछि पनि पुनः जोड्नका लागि शल्यक्रिया गर्ने कोसिस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण