अन्ततः रियल नजाने भए एम्बाप्पे
अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।
यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।
यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएसजीसँग दुईवटा अफर गरेको थियो । दोस्रो पटक १७ करोड युरो र थप १ करोड एडअनसहित अफर राखिएको थियो । पहिलो अफर अस्वीकृत भएसँगै गरिएको दोस्रो अफरपछि रियल २२ वर्षीय फ्रेन्च स्ट्राइकरलाई भित्र्याउनेमा ढुक्क थियो । तर, पीएसजीले दुवै अफरलाई अस्वीकार गरेको थियो ।
रियल जाने मुडमा रहेका एम्बाप्पेले पनि पीएसजीले उनीसामु राखेको करार नवीकरणका ६ वटा अफर अस्वीकार गरेका थिए । अब रियलले एम्बाप्पेसँग छलफल शुरु गर्न जनवरीसँग पर्खनुपर्नेछ । जनवरीमा प्रारम्भिक करार गरेर अर्को सिजनमा सित्तैमा एम्बाप्पेलाई सित्तैमा भित्र्याउन सक्नेछ ।
क्लब छाड्ने हल्लाबीच एम्बाप्पेले आइतबार रेइम्सविरुद्धको खेलमा शुरुवात गरेका थिए । २–० को जीतमा उनले नै दुवै गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण