बच्चाजस्तै रुने अनौठो चरा ‘लायरबर्ड’ (भिडियो)
घना जंगलको बीचमा बच्चा रोएको आवाज सुनियो भने कस्तो प्रतिक्रिया होला ? तर, यस्तो आवाज निकालेर चरा पनि कराउँछ । अष्ट्रेलियाकाो सिड्नीस्थित तारोङगा चिडियाखानामा एउटा यस्तै चरा राखिएको छ । जसले बच्चा रोएको आवाज निकाल्दै कराउँछ । यसको नाम लायरबर्ड हो । मानिसको नक्कल गर्ने भएकाले यसलाई नक्कल गर्ने चरा पनि भनिन्छ ।

अष्ट्रेलियाको तारोङ्गा चिडियाखानाले लायरबर्डको एउटा भिडियो ट्विटरमा सेयर गरेको छ । अष्ट्रेलियाको म्युजियमका अनुसार लायरबर्ड नक्कल गर्न खप्पिस हुन्छन् । यसले वरिपरिका रुख काट्ने मेसिन, कारको इन्जिन, जनावरहरूका आवाजको पनि नक्कल गर्छन् ।
Bet you weren't expecting this wake-up call! You're not hearing things, our resident lyrebird Echo has the AMAZING ability to replicate a variety of calls - including a baby's cry!
— Taronga Zoo (@tarongazoo) August 30, 2021
📽️ via keeper Sam #forthewild #tarongatv #animalantics pic.twitter.com/RyU4XpABos
चिडियाखानाको प्रशासनले जानकारी दिएअनुसार कहिले काँही लायरबर्डले निकालेको आवाज सुनेर चिडियाखानाका कर्मचारीहरु डराउँछन् । नेशनल आउडुबान सोसाइटीका अनुसार पोथी लायरबर्ड प्रजननका लागि आवाज निकाल्छन् । पोथी लायरबर्ड भालेसँग सम्बन्ध बनाउन लागि विभिन्न प्रकारका आवाज निकाल्ने गर्छ । यो चराको प्रजनन जुनदेखि अगस्ट महिनामा हुने गर्छ ।

कोर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार यी चराहरूले खतराको महसुस गरेपछि समूहमा हुने पन्छीहरूको आवाज निकाल्छन् । आफूलाई सुरक्षित गराउन वरिपरि पनि अरु चराहरु भएको संकेत गर्न उनीहरु समूहमा बस्ने पन्छीको आवाज निकाल्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण