रोचक : छिमेकीले आफ्नो श्रीमान्लाई उत्तेजित पार्न भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी
मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् ।
४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् । उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उत्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’
युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए । प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण