विवाहमा नआउनेलाई पठाइयो खानाको बिल
सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन् । खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए ।
४४ वर्षका डो सिमोन्स, ४३ वर्षकी डेड्रा म्याकगीले जमाइकाको रोयल्टन नेग्रिल रिसोर्ट र स्पामा आयोजित भव्य विवाह पार्टीका लागि १०९ जना पाहुनालाई आमन्त्रण गरेका थिए । कतिले विवाहमा कुनै पनि हालतमा सरिक हुने पक्कापक्की गरेका थिए तर विवाहका दिन भने सरिक भएनन् । नवविवाहित जोडीलाई यो कुराले निकै रुष्ट बनायो तसर्थ अनुपस्थितहरुको खानाको बिल बनाउने निधो गरे ।
फेसबुकमा पोस्ट गरिएको एक बिलको नमूना अनुसार विवाहमा सरिक नभएका एकजना आमन्त्रितले १२० डलर तिर्नुपर्ने र दुईजना भएको खण्डमा २४० डलर तिर्नुपर्ने छ ।
‘यहाँ तोकिएको रकम तपाईंहरुको व्यक्तिगत सीटका लागि हो । किनभने तपाईंहरुले आफ्नो अनुपस्थितिका लागि न त फोन गर्नुभयो न उचित सूचना प्रदान गर्नुभयो । यो रकम हामीले तपाईंको सीटका लागि गरेको अग्रिम भुक्तानी हो । तपाईंहरुले हामीलाई जेले र पेपालमार्फत् भुक्तानी गर्न सक्नुहुन्छ । तपाईंहरुलाई के सहज हुन्छ, त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला । धन्यवाद,’ उक्त बिलमा भनिएको छ ।
यो बिल फेसबुकमा पोस्ट गर्दै डो साइमन्सले लेखे, ‘तपाईंले यस्तो बिल पाउनु भयो भने अपमानित महसुस नगर्नुहोस् । मैले यो बिल इमेलमार्फत् पठाउनेछु । ’
अडिटी सेन्ट्रल अनुुसार सानो व्यवसायका सञ्चालक साइमन्सले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘हामीले चारपटक सम्म पनि सोध्यौं, ‘तपाईंहरु आउनुहुन्छ नि, आउन सक्नुहुन्छ नि ?’ उहाँहरुले आउँछौं भनिरहनु भयो । हामीले जमाइकाका लागि अग्रिम भुक्तानी गर्नुपर्यो । यो एक डेस्टिनेसन वेडिङ थियो । ’
‘कसैले पनि ‘हेर हामी त आउन सक्दैनौं’ भनेर केही भनेनन्, न एउटा मेसेज नै छोडे । हामीले त्यति मात्रै चाहेका थियौं । केही नभन्ने अनि विवाहमा पनि नआउँदा, हामीले उनीहरु र उनीहरुको पार्टनरका लागि पनि भुक्तानी गर्नुपर्यो । चारजना आठजना हुन्छन् । मैले यसलाई नीजि रुपमा लिएँ ।’
यो रोचक बिलले सोसल मिडियामा मानिसलाई दुई समूह बाँड्यो । कतिले उनीहरुको तारिफ गरेका छन् भने कतिले उनीहरुको आलोचना पनि गरेका छन् ।
साइमन्सले पछि आफ्नो फेसबुकमा यस्तै समस्यासँग जुध्ने धेरैले आफूलाई समर्थन गरेको र आफ्नो भयानक अनुभव साझा गरेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण