अब यस्तो देखिन थालेकी छिन् मिनाक्षी, २२ वर्ष पहिले छोडेकी थिइन् बलिउड
दामिनी, हिरो र घातकजस्ता फिल्मबाट बलिउडमा आफ्नो भिन्न पहिचान बनाउन सफल मिनाक्षी शेषद्रिलाई अन्तिम पटक सन् १९९६ मा ‘घातक’ फिल्ममा देखिएको थियो । त्यसपछि उनलाई कुनै फिल्ममा देखिएको छैन र कुनै बलिउड पार्टी वा कार्यक्रममा देखिएकी छैनन् । नायिका हुनुका साथै उनी उत्कृष्ट क्लासिकल डान्सर मिनाक्षीले लगभग हरेक ठूला निर्माता–निर्देशकसँग काम गरिन् । अमिताभ बच्चनदेखि विनोद खन्ना, ऋषि कपूरजस्ता ठूला फिल्म स्टार्स उनका हिरो भए ।
फिल्म निर्माता राजकुमार संतोषीले आफ्नो धेरैजसो फिल्ममा मिनाक्षीलाई अनुबन्ध गर्ने गरेको बताइन्छ । संतोषीले मिनाक्षीलाई प्रेम प्रस्ताव राखेको पनि बताइन्छ । यद्यपी, मिनाक्षीले संतोषीको प्रस्ताव अस्विकार गरिन् र बलिउडलाई पनि टाटा बाइबाइ गरिन् ।
इन्भेस्टमेन्ट बैंकरसँग भएको थियो विवाहः
मिनाक्षीले सन् १९९५ मा इन्भेस्टमेन्ट बैंकर हरिश मैसुरसँग विवाह गरेकी थिइन् र अमेरिकाको प्लानो (टेक्सास) मा सेटल भइन् । दुबैले न्यूयोर्कमा विवाह दर्ता गरे । उनीहरुका दुई सन्तान छोरी केन्द्रा र छोरा जोश छन् । विवाहपछि मिनाक्षीले फिल्मबाट टाढै रहिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण