ओलीलाई जनताले सजाय दिन्छन् : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीका कारण एमाले भन्न समेत नाक र मुख खुम्च्याउने अवस्था आएको बताएका छन् । पोखरामा आइतबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले नेता ओलीको अहमताका कारण पार्टी र देश नै जटिल अवस्थामा पुगेको आरोप लगाए । ‘केपी ओलीको अहमताले पार्टी र देश नै संकटमा पर्यो,’ उनले भने, ‘ओलीका कारण यस्तो अवस्था आएकाले एमालेको नाम लिँदा नाक, मुख खुम्च्याउने अवस्था उत्पन्न भयो ।’
अध्यक्ष नेपालले संविधान मिच्ने र प्रतिनिधिसभाको दुई/दुई पटक हत्या गर्ने ओलीलाई जनताले सजाय दिने बताए । उनले तत्कालीन ओली सरकारले राज्यको सम्पत्तिमा लुट मच्चाउने काम गरेको आरोप समेत लगाए । शनिबार पोखरा आएका अध्यक्ष नेपालले पोखराको जाल्पारोडमा पार्टीको प्रदेश, जिल्ला र पोखरा महानगर कमिटी कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा एकीकृत समाजवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण