एमालेमा वामदेव गौतमको राजीनामा अस्वीकृत !
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए ।
गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको बताए । ‘उहाँको राजीनामा स्वीकृत भएको छैन, स्वीकृत नभएकाले उहाँको नामसहित हामीले निर्वाचन आयोगमा अपडेट पठाएका छौ’, तामाङले रातोपाटीसँग भने ।
राजीनामा दिएपछि पनि गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको बुझ्नुपर्ने एमालेका एक स्थायी समिति सदस्यले बताए । ‘स्वीकृत नभएपछि अस्वीकृत भयो भनेर बुझ्नुपर्छ । अब उहाँले कि अर्को पार्टीमा लागेको घोषणा गर्नुपर्यो त्यो अवस्था पनि होइन, त्यसैले उहाँ अझै एमालेमै हुनुहुन्छ भनेर बुझ्नुपर्छ’, ती नेताको भनाइ छ ।
गौतमले आफ्नो राजीनामा पत्रमा अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशा पालना नगरेको तथा सरकारमा हुँदा साझा घोषणापत्र समेत लागु नगरेको गुनासो गरेका थिए । त्यस्तै उनले सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको तथा पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको राजीनामामा उल्लेख गरेका थिए ।
‘म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टी उपाध्यक्ष पद र सवै जिम्मेवारीबाट राजीनामा दिएको छु’ भदौ १८ मा अध्यक्ष ओलीलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा भनिएको छ ।
त्यसयता गौतम एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

