पहिलो भेटमा विवाह गरे, महिनौंपछि श्रीमानलाई श्रीमती पोर्न स्टार भएको थाहा भयो
एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीसँग प्रेम बस्यो । एक दिनको दोस्ती सम्बन्धमा परिणत भयो उनीहरुले विवाह गरे । यद्यपि, ती व्यक्ति त्यतिबेला चकित परे जब आफूले विवाह गरेकी युवती कुनै बेला चर्चित पोर्न स्टार रहेको थाहा पाए । यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोश नाम भएका युवकसँग विवाह गरिन् । इ–४ को शो (म्यारिड एट फर्स्ट साइट) मा भाग लिनुभन्दा अघि एमीले कम बजेटका थुप्रै एक्स–रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।
एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरिन् । उनको यस्तै एक्स रेटेड पहिलो फिल्मको सुटिङ त्यतिबेला भएको थियो जब उनी २५ वर्षकी मात्रै थिइन् । एमीको अतितबारे थाहा पाएपछि उनका श्रीमान् जोशका साथीले भने, ‘उनलाई ‘जोश’ यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो । पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन् । अब उसले ‘हामी सबैको एउटा अतित हुन्छ’ भन्ने बारे विचार गरिरहेको छ ।’
यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पोर्न स्टार थिइन् र सधैं आफ्नो एक्स–रेटेड भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् । तर अब सबैकुरा विगत भइसकेको छ ।’ ‘आफ्नो विगतले उनलाई सधैं पोल्ने गर्दथ्यो,’ उनले भनिन् । एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’
जुन कार्यक्रममा एमी र जोशेको उपस्थिति थियो त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन् । उनीहरु पूर्ण रुपमा एकअर्कासँग अपरिचित हुन्छन् । अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन् ।
त्यसपछि एक–अर्कालाई राम्रोसँग चिनेपछि सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर उनीहरुले निश्चित गर्छन् । यस्तै यो कार्यक्रममा एमीले जोशलाई भेटेपछि आफू चन्द्रमामा भएको जस्तो महसुस गरिरहेको बताएकी थिइन् । त्यतिबेला उनलाई इन्गेजमेन्ट गरिसकेका प्रेमीले छोडिदिएका थिए ।
हाल प्रसारणमा नै रहेको यो शोमा यी दुई सँगै बस्न थालेपछि आजकाल झगडा हुन थालेको छ ।
एमीको असाध्यै मुड स्विङ हुने कुरा जोशलाई मन नपरेको बताउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण