६ महिने बालकको विश्व कीर्तिमान
एक ६ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका छन् । बालकले स्किइङ गरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यसमा देखिए अनुसार ती बालकले बोटबाट कनेक्टिड आइरन रडलाई बेस्सरी समातिरहेका छन् । यस्तै अर्कोतर्फ उनका पिता अर्को डुङ्गामा सवार छन् र उनले बच्चालाई हेरिरहेका छन् । ती बालकले लाइफ ज्याकेट पनि लगाइरहेका छन् ।
सुरक्षाका सबै उपाय अपनाएपछि बच्चालाई पानीमा उतारिएको हो । यो भिडियोलाई इन्स्टाग्राममा १३ सेप्टेम्बरमा सेयर गरिएको थियो । भिडियोमा हालसम्म लाखौं भ्युज र कमेन्ट आइसकेका छन् । यो भिडियोलाई ट्वीटरमा पनि सेयर गरिएको छ । सोसल मिडियामा मानिसहरुले विभिन्न प्रकारका कमेन्ट दिइरहेका छन् । केहीले वाटर स्किइङ गर्नका लागि बालकको उमेर निकै कम भएको बताएका छन् भने कतिले उनका पिताले पूरा सुरक्षाका साथ बच्चालाई पानीमा राखेको भन्दै तारिफ पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण