रियलको जीतमा भिनिसियस नायक
एउटा उत्कृष्ट सोलो गोलसहित भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिडले शाख्तार डोनेस्कमाथि ५–० को शानदार जीत हासिल गरेको छ ।
सर्जी क्रिभ्टसोभको आत्मघाती गोलको मद्दतले रियलले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा भिनिसियसले ५ मिनेटको अन्तरमा गोल गर्दै रियलको अग्रता फराकिलो पारे । २१ वर्षीय खेलाडीले यो सिजन आफ्नो उत्कृष्ट फर्म जारी राखेका छन् । यो सिजन उनले रियलका लागि ९ खेलमा ७ गोल गरिसकेका छन् ।
६४ औँ मिनेटमा रोड्रिगोले अर्को गोल थपे भने इन्जुरी समयमा करिम बेन्जेमाले रियलका लागि पाँचौ गोल गरे । जीतसँगै समूह डीमा रियलले शीर्ष स्थानमा रहेको एफसी शेरिफसँग अंक बराबरी गरेको छ । दुवै टोलीको ६ अंक रहेको छ ।
शेरिफ इन्टर मिलानसँग ३–१ गोलले पराजित बन्यो । इन्टरको जीतमा एडिन जेको, अर्टुरो भिडाल र स्टेफन डे भिर्जले एक–एक गोल गरे । मोल्डोभन टोलीका लागि सबास्टियन थ्रिले एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण