रियलको जीतमा भिनिसियस नायक

एउटा उत्कृष्ट सोलो गोलसहित भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिडले शाख्तार डोनेस्कमाथि ५–० को शानदार जीत हासिल गरेको छ ।
सर्जी क्रिभ्टसोभको आत्मघाती गोलको मद्दतले रियलले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा भिनिसियसले ५ मिनेटको अन्तरमा गोल गर्दै रियलको अग्रता फराकिलो पारे । २१ वर्षीय खेलाडीले यो सिजन आफ्नो उत्कृष्ट फर्म जारी राखेका छन् । यो सिजन उनले रियलका लागि ९ खेलमा ७ गोल गरिसकेका छन् ।
६४ औँ मिनेटमा रोड्रिगोले अर्को गोल थपे भने इन्जुरी समयमा करिम बेन्जेमाले रियलका लागि पाँचौ गोल गरे । जीतसँगै समूह डीमा रियलले शीर्ष स्थानमा रहेको एफसी शेरिफसँग अंक बराबरी गरेको छ । दुवै टोलीको ६ अंक रहेको छ ।
शेरिफ इन्टर मिलानसँग ३–१ गोलले पराजित बन्यो । इन्टरको जीतमा एडिन जेको, अर्टुरो भिडाल र स्टेफन डे भिर्जले एक–एक गोल गरे । मोल्डोभन टोलीका लागि सबास्टियन थ्रिले एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी