चोरलाई लुटेको अभियोगमा चार प्रहरी जेलमा
चोरहरूसँग पैसा लिएर उनीहरुलाई सुरक्षित रुपमा जिल्ला पार गराएको अभियोगमा उत्तर प्रदेशको फिरोजाबादमा चार प्रहरी पक्राउ परेका छन् । फिरोजाबादका वरिष्ठ पुलिस अधिक्षक अशोक कुमारले यस्ता गलत हर्कतले समाजमा निकै गलत सन्देश जाने बताए ।
‘यस्ता प्रहरीलाई कडा कारबाहीबाट मात्रै सुधार्न सकिन्छ । यसअघि हामीले एक रक्सी माफियासँग घुस लिएको आरोपमा चारजना पुलिसकर्मीलाई निलम्बित गरेका थियौं र उनीहरुविरुद्ध मुद्दा पनि चलाएका थियौं ।’
के भएको थियो ?
१५ अक्टोबरमा रसूलापुर थाना क्षेत्रमा एक डेलिभरी अटोबाट १० हजार रुपैयाँ चोरी भएको थियो । चोरहरूले ड्राइभिङ सिट काटेर पैसा निकालेका थिए । पीडित गौरव जब घर पुगे, तब उनले आफ्नो पैसा चोरी भएको पत्तो पाए । त्यसपछि उनले रसूलपुर थानामा जानकारी दिए । यो पुरै घटनाक्रम सीसीटिभीमा पनि कैद थियो । एसएसपी अशोककुमारका अनुसार चोरहरूले अटोबाट पैसा निकाल्दै गरेको स्पष्टै देखिन्थ्यो । ‘हामीले पुरै जिल्लामा अलर्ट जारी गरेका थियौं र नाकाबन्दी गरेर चेकजाँच थाल्यो ।’
१८ अक्टोबरमा चोरीमा संलग्न दुई जना पक्राउ परे । ‘जब चोरलाई हामीले सोध्यौं, तब उनीहरुले दरोगाजीले पैसा हामीबाट लगे भनेर जवाफ दिए ।’ अनुसन्धानका क्रममा थाहा भयो कि एसआई सुनिल चन्द र उनको टिमले चोरहरुसँग चोरीको पैसा लिएर उनीहरुलाई सीमा कटाएका थिए । यी प्रहरीहरूले चोरको गाडीलाई स्कर्टिङ गर्दै फिरोजाबादको सीमा पार गराएका थिए ।
चोरलाई लुट्ने प्रहरी टिम अहिले जेलमा छ । र, लुटिएको पैसा पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्ने चार पुलिसकर्मीमा एक एसआई, दुई सिपाही र एक पुलिस जीपका ड्राइभर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण