अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु
शनिबार, ०६ कात्तिक २०७८, ०७ : ५३

पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।
मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा आज एउटा अमेरिकी हवाई हमलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ ।’ उनले यो हमला एमक्यु–९ विमानको प्रयोग गरेर गरिएको बताए । उनले अल–कायदाका वरिष्ठ नेतालाई हटाउँदा थप षड्यन्त्र र हमलाबाट बच्न सकिने बताए ।
सेप्टेम्बरको अन्तिममा पेन्टागनले देशका उत्तर–पश्चिममा इदलिब नजिकै हवाई हमलामा अल–कायदाका वरिष्ठ कमाण्डर सलीम अबू–अहमदको हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु