अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु
शनिबार, ०६ कात्तिक २०७८, ०७ : ५३
पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।
मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा आज एउटा अमेरिकी हवाई हमलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ ।’ उनले यो हमला एमक्यु–९ विमानको प्रयोग गरेर गरिएको बताए । उनले अल–कायदाका वरिष्ठ नेतालाई हटाउँदा थप षड्यन्त्र र हमलाबाट बच्न सकिने बताए ।
सेप्टेम्बरको अन्तिममा पेन्टागनले देशका उत्तर–पश्चिममा इदलिब नजिकै हवाई हमलामा अल–कायदाका वरिष्ठ कमाण्डर सलीम अबू–अहमदको हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण