चीनमा ४० लाख जनसंख्या भएको एउटा शहर पुनः लकडाउन

चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ ।
सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये लानजूमा ६ जना मात्रै भेटिएका थिए । समाचार एजेन्सी एएफपीले शहरका अधिकारीले लानजूमा प्रवेश र त्यहाँबाट बाहिरिने प्रक्रियालाई पूर्ण रुपमा नियन्त्रित गरिने बताएको छ । प्रशासनले एउटा बयानमा भन्यो, ‘सबै मानिस आफ्नो हाउजिङ कम्प्लेक्स भित्र नै बस्नुपर्छ ।’
यसअघि पनि उत्तरी चीनमा हज्जारौं मानिसलाई घरभित्रै बस्न कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनानको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ ।स्वास्थ्य अधिकारीले परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढ्ने अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
-
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला
-
वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू