सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हाइड्रोपावर चम्किँदा नेप्सेमा १३ अंकको वृद्धि

बिहीबार, ११ कात्तिक २०७८, १६ : १२
बिहीबार, ११ कात्तिक २०७८

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा थप १३ अंकको वृद्धि भएको छ । गत बुधबार १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको नेप्सेमा बिहीबार थप १३.०४ अंकको वृद्धि हुँदै २७८२.१६ बिन्दुमा पुगेको हो । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.४२ अंकले बढेर ५२०.९८ पुगेको छ ।  यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक अधिकतम २.२१ प्रतिशत माथिले बढेको छ भने माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशतले वृद्धि भएको छ । 

आज बैंकिङ, ट्रेडिङ होटल तथा पर्यटन, निर्जीवन बीमा र म्युचुअल सफन्ड ऋणात्मक भएका छन् भने बाँकी समूहहरु धनात्मक भएका छन् ।  १३ अंकले बढेको बजारमा आज कुल ५ अर्ब ३९ करोड ५२ लाखको कारोबार भएको छ । गत बुधबार १८ अंकले बढेको बजारमा ६ अर्ब ६१ करोड २६ लाखको कारोबार भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप