सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, अधिकतम ९७ प्रतिशतको हात खाली
सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ मंगलबार बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ।
योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ पाएका हुन्। यसको मतलब अधिकतम ९६.९१ प्रतिशत आवेदकहरुको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण