कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यद्यपी, विज्ञहरुले मर्नेको यकिन संख्या अझै योभन्दा बढी रहेको दाबी गरिरहेका छन् । खोपका कारण मृत्युदर केही घटेको भने उनीहरुले स्विकारेका छन् । विश्वभर पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या घटेको छ । यद्यपी, यस महिना केही देशमा संक्रमित संख्या बढेको पनि छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसबाट २५ करोडभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ ।
विश्व स्वास्थ संगठनले यस महामारीमा मर्नेको संख्या आधिकारीक आँकडाको तुलनामा तीन गुणा बढी हुनसक्ने अनुमान लगाएको छ । कोरोनाका कारण अहिलेसम्म सबैभन्दा धेरै मृत्यु अमेरिकामा भयो । यहाँ ७ लाख ४५ हजार ८ सयभन्दा धेरै ज्यान गुमाए । त्यसैगरी, ब्राजिलमा ६ लाख ७ हजार ८ सय २४ भन्दा धेरैले ज्यान गुमाए । पछिल्ला दिनमा मृत्युदरमा पनि कमी आएको छ । मर्नेको संख्या ४० लाखबाट ५० लाख पुग्न १ सय १० दिन लाग्यो । जबकी, ३० लाखबाट ४० लाख पुग्न ९० दिनमात्रै लागेको थियो ।
खोपका कारण मर्नेको संख्यामा कमी आएपनि महामारी समाप्त भइ नसकेको विश्व स्वास्थ संगठनले जनाएको छ । अघिल्लो हप्ता रुसमा दैनिक संक्रमितको संख्या बढेको थियो । यहाँ, महामारी सुरु भएयता अहिले संक्रमणको रफ्तार सबैभन्दा उच्च देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण