चार महिना पूरा नभई ४२० ग्राम तौलसहित जन्मिएका बच्चाले राखे विश्व कीर्तिमान
संसारको सबैभन्दा कम तौलको बच्चा आधा किलोभन्दा पनि कमका छन् । यी बच्चा २१ हप्तामा नै अमेरिकामा जन्मिएका हुन् । उनलाई संसारको सबैभन्दा प्रिमेच्योर बच्चाको संज्ञा दिइएको छ ।
कर्टिस मिन्सको जन्म अघिल्लो वर्ष बर्मिङ्घम, अलाबामामा भएको थियो । जन्मँदा उनको तौल ४२० ग्राम मात्रै थियो । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको छ ।
साधारणतया गर्भावस्थाको समय ४० हप्ताको हुन्छ तर कर्टिसको जन्म २१ हप्ता एक दिनमै भएको थियो । यो हिसाबले कर्टिस सामान्य शिशुको तुलनामा करिब १९ हप्ताअघि जन्मिएका हुन् ।
उनकी आमा मिशेल बटलरलाई चार जुलाई सन् २०२० मा प्रसव पीडा भयो, त्यसपछि उनलाई अस्पताल लगियो । त्यसको भोलिपल्ट दिउँसो उनले जुम्ल्याहा बच्चा, कर्टिस र सी’अस्यालाई जन्म दिइन् ।
तर, भोलिपल्टै सी’आस्याको मृत्यु भयो ।
यति कम समयमा जन्मिएका यस्ता बच्चा बच्ने सम्भावना निकै कम हुन्छ । एक प्रतिशतभन्दा पनि कम बच्चा यस्तो स्थितिमा जिउँदो हुन सक्छन् ।
तर डाक्टर र कर्टिसका अभिभावकले हिम्मत हारेनन् । उनीहरुले आइसीयूमा भर्ना भएका कर्टिसको हेरविचार गरिरहे र सतर्क रहे ।
करिब तीन महिनापछि कर्टिसलाई भेन्टिलेटरबाट हटाइयो र २७५ दिनसम्म अस्पताल बसाईपछि उनलाई अस्पतालबाट छुट्टी दिइयो ।
तर चुनौती अहिले नै समाप्त भइसकेका ेछैन । डाक्टरले कर्टिसलाई मुखबाट खान सिकाउनु थियो ।
डाक्टरले उनलाई मुखबाट सास फेर्न र खान सिकाए ।
मिशेल बटलरले एक बयानमा भनिन्, ‘कर्टिसलाई घर लैजाने र उनका दिदी दाइहरुलाई उनका भाइसँग भेट गराउनु, त्यो एउटा यस्तो क्षण थियो जसलाई म जिन्दगीभर पनि बिर्सन सक्दिनँ ।’
कर्टिसका तीन दाजु–दिदीहरु छन् । यद्यपि, कर्टिसलाई अहिलेपनि सप्लिमेन्टल अक्सिजन र फिडिङ ट्युबको आवश्यकता पर्छ तर डाक्टरका अनुसार अब उनको स्वास्थ्य निकै राम्रो छ ।
बर्मिंघमको अलबामा विश्वविद्यालयमा नियोनेटोलोजिस्ट डाक्टर ब्रायन सिम्स गिनिज बुक अफ वर्ल्ड रेकर्डसँग भन्छन्, ‘म लगभग २० वर्षदेखि यो पेशामा छु तर मैले कुनै बच्चालाई यति बलियो देखिनँ जति ऊ थियो, उसमा केही विशेष थियो ।’
कर्टिस डाक्टर सिम्सकै निगरानीमा छन् ।
यसअघि सबैभन्दा बढी प्रिमेच्योर बच्चाको जन्म २१ हप्ता दुई दिनमा भएको थियो । यो बच्चा विस्कन्सिनमा जन्मिएका थिए जसको नाम रिचर्ड हचिंसन थियो ।
यसअघि ३४ वर्षसम्म यो रेकर्ड ओटावामा जन्मिएका एक बच्चाको नाममा थियो । उनी २१ हप्ता र पाँच दिनमा जन्मिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण