९५ जना डिएसपीको सरुवा
प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ ।
नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरीवृत्त बालाजुमा गौतम मिश्र र प्रहरीवृत्त थानकोटमा डिल्लीनारायण पाण्डेलाई सरुवा गरिएको छ ।
यस्तै प्रहरीवृत्त दरबारमार्गमा विश्वराज खड्का, प्रहरीवृत्त जगाती भक्तपुरमा रामबहादुर केसी, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रामहरि पाण्डेलगायत अन्य प्रहरी नायब उपरीक्षकलाई विभिन्न जिल्ला तथा प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण