महँगीको मार, चुलो बाल्नै सकस
अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’
अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासिएको छ । दुई साता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खेप्न बाध्य छन् । खाद्य तथा हरियो तरकारीको मूल्य छोइसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् ।
प्रतिदिन मूल्य अकासिँदै गर्दा सरकार मौन बसिरहेको सर्वसाधारणको गुनासो छ । बजार अनुगमन नियमक निकायसमेत ‘बजार मूल्य के कारण वृद्धि भएको हो ?’ भन्ने बुझ्न अनुगमनमा निस्केको पाइएको छैन । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण