अब गान्धीमाथि खनिइन् कंगना
स्वतन्त्रताबारे विवादित अभिव्यक्ति दिएकी कंगाना रनोटविरुद्ध भारतका विभिन्न स्थानमा उजुरी दर्ता गरिएको छ । यसका बाबजुद पनि उनी मौन बसेकी छैनन् । बलिउड अभिनेत्री पुनः एकपटक विवादित अभिव्यक्ति दिँदै भारतको राष्ट्रपिता महात्मा गान्धीमाथि खनिएकी छिन् । आफ्नो इन्सटाग्राममा उनले एउटा सामाचारको कटिङ र दुई लामो सन्देश पोष्ट गरेकी छन् जसमा उनले ‘भीखमा पाएको स्वतन्त्रता’ बारे आफ्नो तर्क प्रस्तुत गरेकी छन् ।

पहिलो सन्देशमा कंगनाले लेखेकी छन्, ‘जो आजादीका लडे, उनीहरूलाई सत्ताको भोका र चलाख व्यक्तिले आफ्नो मालिकलाई बुझाएका थिए । यी तिनै व्यक्ति थिए जसमा उनीहरूको शोषण गर्नेहरूसँग लड्ने वा आफ्नो तातो रगत जलाउने÷उमाल्ने साहस थिएन । यी तिनै व्यक्ति हुन्, जसले हामीलाई सिकाए कि कसैले थप्पड हान्यो भने आफ्नो दोस्रो गाला दिनु र यसरी नै स्वतन्त्रता प्राप्त हुनेछ । कसैलाई यसरी नै स्वतन्त्रता प्राप्त हुँदैन मात्र भीख मिल्छ । त्यसैले आफ्नो हिरोहरूलाई बुद्धिमत्ताले चुन्नुहोस् ।’

दोस्रो पोष्टमा कंगना लेख्छिन्, ‘गान्धीले कहिले पनि भगत सिंह या नेताजीको समर्थन गरेनन् । कयौँ प्रमाणहरू छन् जसले बताउँछ कि गान्धीजी भगत सिंहलाई फाँसी होस् भन्ने चाहन्थे । तपाईंले चुन्नुपर्छ कि तपाईं कसलाई समर्थन गर्नुहुन्छ । सबैलाई आफ्नो इतिहास र नायकको बारेमा थाहा हुनुपर्छ ।’
गत हप्ता कंगनाले भारतलाई वास्तविक स्वतन्त्रता सन् २०१४ मा मात्र प्राप्त भएको विवादित बयान दिएकी थिइन् । उनका अनुसार यसअघि प्राप्त भएको स्वतन्त्रता मात्र भीख थियो । उनको बयानमा प्रतिक्रिया दिँदै बीजेपी सांसद वरुण गान्धीले उनको सोचलाई ‘पागलपन भन्नु कि देशद्रोही भन्नु’ भनेका थिए । कंगनाको भिडियो सामाजिक सञ्जालमा आएपछि उनको चौतर्फी आलोचना भइरहेको छ । उनको विरुद्धमा देशभर प्रदर्शन भएको थियो भने उजुरीहरू पनि दर्ता भएको थियो । कयौँले उनलाई दिइएको पद्मश्री सम्मान पनि फिर्ता लिन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण