युवकले एकैपटक ९ महिलासँग विवाह गरे, कारण यस्तो
ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सामुहिक विवाह गरेका छन् । उनले एकैपटक ९ जना महिलालाई विवाह गरेका छन् । विवाह साओ पाउलो शहरको एक क्याथोलिक चर्चमा भएको हो । आर्थरले पहिलो विवाह लुआना काजकीसँग विवाह गरेका थिए । लुआनाले आर्थरलाई एकपटक ‘कुकुर’ लाई झैं घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन् ।
डेली स्टारका अनुसार अब स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरिएको विवाहलाई औपचारिक रुप दिन उनले यस्तो निर्णय लिएको बताए । यसअघि आफ्नो पहिलो विवाहपछि आर्थ र लुआनाले क्याप डी’एगडेमा आफ्नो हनिमुनको तस्बिर सेयर गरेका थिए जसमा दुबै नग्न थिए । यो फोटो निकै भाइरल भएको थियो ।
आर्थर र लुआना दुबैले शहरका विभिन्न पर्यटकीय स्थलमा पूर्ण रुपमा नग्न भएर यात्राको आनन्द उठाएका थिए । उनीहरु यसअघि पनि संसारका केही ‘उदार स्थान’ मा नग्न भएर घुमेका कारण पनि चर्चामा आइसकेका छन् ।
यस वर्ष फेब्रुअरीमा पनि यो जोडीले ध्यान आकर्षित गरेकाे थियो किनभने उनीहरुले अरुलाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रेरित गरेर ओन्लीफ्यान्समा प्रति महिना ५६ लाख कमाइरहेको बताएका थिए । महामारीका बेला आर्थर र लुआनाले ती मानिसलाई आफनो सेक्स टिप्स साझा गरे जसको यौन जीवन राम्रो चलिरहेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण