बाराका दुई पालिकामा आज सार्वजनिक बिदा
शुक्रबार, ०३ मङ्सिर २०७८, १० : १६
कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।
करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिकाको वडा नं १ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी जिल्लाका विभिन्न शक्तिपीठमा मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जानकारी दिए । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण