गायिकाले प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि...
अमेरिकाकी एक चर्चित गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि जे गरिन् त्यसले बबाल निम्तिएको छ । गायिकाको चौतर्फी आलोचना भइरहेको छ । अब गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्ताले आफ्नो प्रस्तुतीका बेला एक प्रशंसकको अनुहारमा पिसाब गरिदिइन् । यसको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।
स्टेजमा प्रशंसकलाई बोलाइन् र त्यसपछि...
न्युयोर्क पोस्टको एक रिपोर्ट अनुसार गायिका सोफिया उरिस्ताले केही दिन अघि लाइभ कन्सर्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसकलाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब गरिन् । सोसल मिडियामा यसको भिडियो भाइरल हुने बित्तिकै मानिसहरु भड्किए र माफी माग गर्न थाले । त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि माफी मागेकी छिन् ।
इन्स्टाग्राम पोस्टमा जताए खेदः
सोफिया उरिस्ताले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैलाई दुःख पु¥याउने नभएको बताइन् । उनले भनिन्, ‘म सधैं स्टेजमा आफ्नो सीमामा नै बसिरहेकी हुन्छ । म कुनै चकित पारिदिने व्यवहारमार्फत् नभई आफ्नो सङ्गीतमार्फत् मानिसहरुको ध्यान आकर्षित गर्न चाहन्छु । जे जति भयो, म यसका लागि माफी चाहन्छु ।’
कतै यो पब्लिसिटी स्टन्ट त होइन ?
यो पूरा मामिलामा गायिकाको ब्यान्ड ‘ब्रास अगेन्स्ट’ ले पनि माफी मागेको छ । ब्यान्डले आफ्नो एक बयानमा सोफिया असाध्यै धेरै उत्साहित भएको र यसबारे आफूहरुलाई थोरै पनि आशा नभएको बतायो । ब्यान्डले भनेको छ, ‘हामी बचन दिन चाहन्छौं कि तपाईंहरुले हाम्रो कार्यक्रममा यस्तो अब उप्रान्त हेर्नु पर्नेछैन । यो पुरा घटना अप्रत्याशित थियो । ’
यद्यपि, माफी मागेपछि यो घटना पुनः चर्चामा छाएको छ । अब मानिसहरु यसलाई पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण