रामदेवलाई नेपालको सद्भावना दूत बन्न प्रस्ताव
नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दुत बन्न प्रस्ताव गरेको छ । नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।
बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरिरहेको उनले बताए ।
‘हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेकै छौं । नेपाललाई मूलतः साहसिक पर्यटकीय गन्तव्यका रुपमा हेर्ने गरिएको छ । तर नेपाल साहसिक गन्तव्यका साथै साँस्कृतिक, प्राकृतिक र आध्यात्मिक पर्यटनको पनि संगम हो । यसलाई प्रवद्र्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो’ उनले भने ।
यसैबीच योगगुरु रामदेव तथा आचार्य वालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा आफ्नो सधै सकारात्मक दृष्टिकोण रहको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण