जनताको चाहनाअनुसार काम गर्न स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
मन्त्री खतिवडाले मकवानपुर जिल्ला अन्तर्गतका अधिकांश कार्यालयको प्रगतिबारे जानकारी लिँदै विकास निर्माणका योजनालाई तोकिएको समयमा नै पूरा गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यहाँका अधिकांश सरकारी कार्यालयको वस्तुस्थिति र प्रगति तथा जिल्लाको शान्तिसुरक्षाका अवस्थाबारे मन्त्री खतिवडालाई जानकारी गराए ।
सो अवसरमा वाग्मती प्रदेश कार्यालयका प्रमुख सुरेश झाले समाचार सङ्कलन र सम्प्रेषणको काम प्रभावकारी रुपमा भइरहेको जानकारी दिँदै हालसम्म आफ्नै कार्यालय भवन नहुँदा समाचार सङ्कलन र सम्प्रेषणमा समस्या भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण