बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्युबलाइटले नकारात्मक समिक्षा पाएकोमा भड्किए सलमान, दिए यस्तो प्रतिक्रिया

आइतबार, ११ असार २०७४, ०९ : ५०
आइतबार, ११ असार २०७४

सलमान खानको फिल्म ‘ट्युबलाइट’ ले आलोचकहरुको मिल्दोजुल्दो प्रतिक्रिया पाएको छ । जब सलमानसँग यसबारे कुरा गरियो तब उनी केही भड्किएको जस्तो देखिए । उनले भने, ‘आलोचक निकै राम्रा छन् । मैले त माइनस तीन र माइनस चारको आशा गरेको थिएँ तर उनीहरुले एक र आधा रेटिङ दिए । म यो कुरामा निकै खुसी छु ।’

एक कार्यक्रमका बेला सलमानले भने, ‘इद रिलिज हो, कोही मानिसहरु आउँछन्, चानचुन उडाउँछन्, नाच्छन्, गाउँछन् र कुनै अरु फिल्म हेर्न जान्छन् । उनीहरुले अरु कुनै फिल्म हेर्न पाएका छन् । यो फिल्म मोजमस्ती, रमाइलो गर्नेहरुका लागि होइन । किनभने यो फिल्ममा यस्तो केही पनि पाइँदैन । यो निकै भावुक फिल्म हो ।’

सलमानले भने, ‘परिवारसँग बसेर हेर्ने फिल्म हो’

सलमानले एक कार्यक्रममा भने, ‘ट्युबलाइट यस्तो प्रकारको फिल्म हो जुन तपाईं परिवारका सदस्यसँग बसेर हेर्न सक्नुहुन्छ ।’

स्मरण रहोस्, उक्त कार्यक्रम सलमानको संस्था बिइंग ह्यूमन र पिविआर प्यान इन्डियाको तर्फबाट होस्ट गरिएको थियो । सलमानले भने, ‘एक फिल्मको टिकट खरिद गर्दा तपाईं बिइंग ह्यूमनको निगरानीमा रहेर एक बच्चालाई सहयोग गरिरहनुभएको छ । तपाईंले मात्र दुई रुपैयाँ बढि तिर्नुपर्ने हुन्छ । तर यो तपाईंको इच्छामा निर्भर छ ।’

फिल्मका निर्माता पनि हुन् सलमानः

यो फिल्मलाई कबिर खानले निर्देशन गरेका छन् जबकी सलमान खान निर्माता हुन् । सलमानका साथै फिल्ममा सोहेल खान, चीनियाँ नायिका जू जू, ओम पुरी, यशपाल शर्मा, मोहम्मद जिशान अयूब र बाल कलाकार मेटिन रे टेंगुको महत्वपूर्ण भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप