सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा १ जनाको मृत्यु
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्याङ्क पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गरेका छन् । महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका हुन् ।
उनले भनेका छन्– विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको ज्यान जाने गरेको छ । त्यसैले यस्तो दुर्घटनाबाट बाँच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । विश्व सडक दुर्घटना विरुद्धको दिन २१ नोभेम्बरका दिन दिइएको एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गरेका हुन् ।
उनले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरुको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरु तथा बटुवाहरूलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेका छन् ।
यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको संख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरु लक्षित गर्न उनले विश्वका देशहरूलाई आग्रह गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण