सातामा ३७ अंकले घट्यो नेप्से
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७ अंकले घटेको छ । साताको पाँच कारोबार दिनमा परिसूचक ३७.३५ अंकले घटेर बन्द भएको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक २७ सय ६९ अंकमा थियो । जुन, यो साता घटेर २७ सय ३१ अंकमा आइपुगेको हो ।
साताका पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार ओरालो लागेको थियो । बाँकी दुई कारोबार दिनमा मात्रै नेप्से परिसूचक बढ्यो । सातामा सोमबार ७ अंक र बुधबार १ अंकले बजार बढ्नुबाहेक अन्य दिन सुधार आएन । आइतबार ११ अंक, मंगलबार ३२ अंक र बिहीबार नेप्सेमा ३ अंकको गिरावट आएको थियो ।
परिसूचक खुम्चेको सातामा कारोबार रकम पनि घटेको छ । यो साता दैनिक ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पाँच दिनमा कुल साढे २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो । अघिल्लो साता दैनिक साढे ५ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण