नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै
सरकारले कोरोनाभाइरस (कोभिड– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न बिहान ११ बजे अर्थात् अहिले केहिबेरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सकता अपनाउने बारे छलफल हुने उनले बताइन् ।
बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ । नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । नयाँ भेरियन्टको पहिचान रोकथाम लागि सीमा नाकामा कडाइ र सुरक्षित हवाई उडानबारे छलफल गर्ने उनले बताइन् । दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट नेपालमा आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वरेण्टीन बस्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण