काठमाडौंबाट गएर दोलखाको सहकारीका सुरक्षा गार्डको हत्या
दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए ।
सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्केका थिए ।
फिल्मी तरिकाले हत्या
साँझ ६ बजेर ३० मिनेटमा खाना खाएर सहकारीको सुरक्षा गर्न गएका पूर्णबहादुर खड्कालाई आरोपी मध्येका सुमनले ‘मामा’ भन्ने गरेका थिए । काठमाडौंबाट त्यसैदिन गाडी चढेर गएका उनीहरु राति जुँगु पुगे ।
सहकारीमा गएर सुमनले सुरक्षागार्डलाई भने–‘काठमाडौंबाट आएको मेरो साथी बेहोस भएर ढलेको छ, हिँड्नुस् नँ ।’ सुमनको कुरा मानेर खड्का सहकारीबाट ४ सय मिटर पर जंगलमा गए । जंगलमा बिक्रम लुकेर बसेका थिए । त्यहिँ उनीहरुले सुरक्षागार्डको हत्या गरे ।
‘हात, खुट्टामा डोरी र मुखमा खादाले बाँधेर हत्या गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका एक अधिकृतले रातोपाटीसँग भने–‘हातखुट्टा बाँधेपछि ढुंगाले टाउकोमा हिर्काएर बाटोमुनि फालेको आरोपीहरुले स्वीकारेका छन् ।’
मृतकका टाउको र निधारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो । हत्यापछि आरोपीहरु ३ घण्टा पैदल हिँडेर सदरमुकाम चरिकोट आए । कार्तिक ११ मा चरिकोटबाट गाडी चढेर काठमाडौं फर्किए ।
हत्या गरेको रात उनीहरु गाउँ गएको कसैले थाहा पाएनन् । आरोपबाट बच्न काठमाडौं आएपछि उनीहरु मुस्ताङ घुम्न गएको ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए । सीआईबीले विक्रमलाई काठमाडौंको तीनकुनेबाट र सुमनलाई चुच्चेपाटीबाट पक्रेर थप अनुसन्धानका लागि दोलखा पठाएको छ ।
पैसा लुट्न सुरक्षागार्डको हत्या गरेका बिक्रम काठमाडौंमा प्लम्बरको काम गर्छन् । सुमन काठमाडौंमा पढ्दै छन् । प्रहरीले अरोपीहरुको साथबाट मृतकको मोवाइल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
