गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा
नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल प्यानलबाट शुक्रराज शर्मालाई उठाइने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ एक कार्यक्रममा शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
सभापति शेरबहादुर देउवा प्यानलबाट पर्वतका नेता अर्जुनप्रसाद जोशीलाई एकल उम्मेदवारका रुपमा उठाइएको छ । पौडेल समूहमा आकांक्षी धेरै देखिएकाले घोषणा हुन सकेको थिएन । आफ्नै प्यानलमा धेरैजना आकाङ्क्षी देखिएपछि बुधबार पोखरा आएर वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतका केन्द्रीय नेताले बैठक डाकेर सहमतिको प्रयास गरेका थिए ।
लामो समयको प्रयास पछि नेता शर्मालाई आफ्नो प्यानलबाट एकल उमेदवार बनाउने सहमति भएको हो । संस्थापनइतर समूहबाट प्रदेश सभापतिमा शुक्रराज शर्मा, कास्कीका यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका थिए । पौडेल समूहबाट अगाडि सारिएका शर्माले विगतमा १७ वर्ष कास्की काँग्रेसको सभापति भएर काम गरेका थिए ।
सभापतिको टुङ्गो लगाए पनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो शुक्रबार बिहानसम्म लगाइने वरिष्ठ नेता पौडेलले बताएका छन् । पौडेल पक्षको निर्णयसँगै अब प्रदेशमा देउवा प्यानलका जोशी र शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर