गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा
नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल प्यानलबाट शुक्रराज शर्मालाई उठाइने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ एक कार्यक्रममा शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
सभापति शेरबहादुर देउवा प्यानलबाट पर्वतका नेता अर्जुनप्रसाद जोशीलाई एकल उम्मेदवारका रुपमा उठाइएको छ । पौडेल समूहमा आकांक्षी धेरै देखिएकाले घोषणा हुन सकेको थिएन । आफ्नै प्यानलमा धेरैजना आकाङ्क्षी देखिएपछि बुधबार पोखरा आएर वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतका केन्द्रीय नेताले बैठक डाकेर सहमतिको प्रयास गरेका थिए ।
लामो समयको प्रयास पछि नेता शर्मालाई आफ्नो प्यानलबाट एकल उमेदवार बनाउने सहमति भएको हो । संस्थापनइतर समूहबाट प्रदेश सभापतिमा शुक्रराज शर्मा, कास्कीका यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका थिए । पौडेल समूहबाट अगाडि सारिएका शर्माले विगतमा १७ वर्ष कास्की काँग्रेसको सभापति भएर काम गरेका थिए ।
सभापतिको टुङ्गो लगाए पनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो शुक्रबार बिहानसम्म लगाइने वरिष्ठ नेता पौडेलले बताएका छन् । पौडेल पक्षको निर्णयसँगै अब प्रदेशमा देउवा प्यानलका जोशी र शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण